मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

संविधान दिवश २०७८ अवसरमा मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।



संविधान दिवस २०७८ को अवसरमा मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा आयोजित "नेपालको संविधानको कार्यान्वयनको अवस्था" विषयक अन्तरक्रिया कार्यक्रम मिति 2078 असोज २ गते पोखरामा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्री रोहित राज बाँस्तोलाज्यूको अध्यक्षता र गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री श्री कृष्णचन्द्र नेपालीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्‍न भयो। उक्त कार्यक्रममा पूर्व प्रदेश प्रमुख तथा वरिष्‍ठ अधिवक्ता श्री बाबुराम कुँवरज्यू र सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री सपना प्रधान मल्लज्यूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो र उक्त कार्यपत्रउपर सहभागीबीच छलफल भएको थियो।

Download: संविधान दिवश २०७८ अवसरमा मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।