मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

प्रदेश सरकार मार्फत निर्मित कानूनहरूको बारेमा जानकारी सम्बन्धी एक दिवशीय गोष्‍ठी सम्पन्‍न।



मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा तथा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराको संयुक्त आयोजनामा ''प्रदेश सरकार मार्फत निर्मित कानूनहरूको बारेमा जानकारी सम्बन्धी एक दिवशीय गोष्ठी''  मिति २०७८/०९/२१ गते गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री श्री कृष्‍णचन्द्र नेपाली पोखरेल ज्यूको प्रमुख आतिथ्यमा पोखरामा सम्पन्‍न भयो। कानून व्यवसायी लगायत ८६ जनाको उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्य सचिव श्री सोमलाल सुवेदी ज्यूले ''वित्तीय संघीयता र अन्तरसरकार सम्बन्ध '' विषयक र गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्री रोहित राज बाँस्तोला ज्यूले ''संघीयता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका'' विषय कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

Download: प्रदेश सरकार मार्फत निर्मित कानूनहरूको बारेमा जानकारी सम्बन्धी एक दिवशीय गोष्‍ठी सम्पन्‍न।