मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

माननीय मुख्यमन्त्री ज्यू समक्ष हिरासत तथा कारागार निरीक्षण प्रतिवेदन बुझाउनुहुँदै मुख्य न्यायाधिवक्ता।



गण्डकी प्रदेशमा मुख्य न्यायाधिवक्ताको काम, कर्तब्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन,२०७५ को  दफा ४ (च) मा प्रदेश भित्र रहेका हिरासत थुनुवा कक्ष तथा कारागारमा रहेका थुनुवा तथा कैदी उपर मानवोचित ब्यवहार भए नभएको सम्वन्धमा निरिक्षण गरी सो सम्बन्धी प्रतिवेदन तयार गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव प्रदान गर्ने ब्यबस्था भए बमोजिम गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्री रोहित राज बाँस्तोला तथा कार्यालयका कर्मचारीबाट बिभिन्न जिल्ला स्थित हिरासत कक्ष र कारागार अनुगमन गरी त्यहाँको भौतिक संरचना, थुनुवा तथा कैदी बन्दीहरुको संख्या, स्थिति, श्रोत साधनको उपलब्धता तथा अन्य  समस्याका बारेमा छलफल गरी बुँदागत रुपमा संक्षिप्त प्रतिवेदन तयार पारी गण्डकी प्रदेशको माननीय मुख्यमन्त्री कृष्णनचन्द्र नेपाली पोखरेल ज्यू समक्ष मिति २०७८/१०/०२ मा पेस गरिएको छ।

Download: माननीय मुख्यमन्त्री ज्यू समक्ष हिरासत तथा कारागार निरीक्षण प्रतिवेदन बुझाउनुहुँदै मुख्य न्यायाधिवक्ता।