मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

लिखित जवाफ/कानूनी राय लेखन सम्बन्धी एक दिवसीय क्षमता अभिवृद्धि कार्यक्रम पोखरामा सम्पन्‍न।



मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा ‘‘लिखित जवाफ/कानूनी राय लेखन सम्बन्धी एक दिवसीय क्षमता अभिवृद्धि कार्यक्रम’’  मिति २०७९/१२/१०  गते पोखरामा सम्पन्‍न भएको छ।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तता श्रीमान श्रीकान्त बरालको अध्यक्षतामा सञ्‍चालित उक्त कार्यक्रमको सञ्‍चालन कार्यालय प्रमुख उप-सचिव धर्मराज पौडेलले गर्नुभएको थियो। उक्त कार्यक्रममा गण्डकी प्रदेशका विभिन्‍न मन्त्रालयका सचिवज्यूहरू र कानून अधिकृतज्यूहरूको उपस्थिती रहेको थियो। उच्च अदालत, पोखराका माननीय (कायम मुकायम) मुख्य न्यायाधीश श्रीमान डिल्लीराज आचार्यज्यूको प्रमुख आतिथ्य र उच्च अदालत पोखराका माननीय न्यायाधीश श्री ऋषि राजभण्डारीज्यूको विशेष आतिथ्यमा सम्पन्‍न भएको थियो।

Download: लिखित जवाफ/कानूनी राय लेखन सम्बन्धी एक दिवसीय क्षमता अभिवृद्धि कार्यक्रम पोखरामा सम्पन्‍न।