मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

मुख्य न्यायाधिवक्ताको आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन माननीय प्रदेश प्रमुख श्री अमिक शेरचन समक्ष पेस



मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, 2075 को दफा ११ बमोजिम आफूले सम्पादन गरेको कामको विवरण सहितको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखज्यू समक्ष पेस गर्नुपर्ने कानूनी व्यवस्था अनुरूप गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा राजेन्द्र घिमिरेले आ.व. 2076/077 को वार्षिक प्रतिवेदन मिति 2077/06/26 गते गण्डकी प्रदेशका माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यू समक्ष पेस गर्नुभयो। उक्त कार्यक्रममा मुख्य न्यायाधिवक्तो कार्यालयका उपन्यायाधिवक्ता श्री दयाशंकर अधिकारी र अन्य कर्मचारीको उपस्थिति रहेको थियो। 

Download: मुख्य न्यायाधिवक्ताको आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन माननीय प्रदेश प्रमुख श्री अमिक शेरचन समक्ष पेस