कानूनी पत्रकारिता अभिमुखीकरण कार्यक्रम सम्पन्न
मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेशको आयोजना, संसदीय पत्रकार मञ्च गण्डकीको संयोजनमा मिति २०७६/०९/२६ गते सम्पन्न “कानूनी पत्रकारिता अभिमुखीकरण” कार्यक्रममा ४२ जना पत्रकारहरुको सहभागीता रहेको थियो। मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र घिमिरेको अध्यक्षता, माननीय मुख्यमन्त्री श्री पृथ्वी सुब्बा गुरुङ को प्रमुख आतिथ्यता र संसदीय पत्रकार मञ्च गण्डकीका संयोजक लाल प्रसाद शर्माको सञ्चालनमा भएको कार्यक्रममा देहायबमोजिमका कार्यपत्रहरु प्रस्तुत भएका थिए।
क्र.सं. |
कार्यपत्र |
प्रस्तुतकर्ता |
1 |
अदालत र पत्रकारिता |
माननीय जिल्ला न्यायाधीश श्री तेजेन्द्र प्रसाद सापकोटा |
2 |
सुरक्षा र पत्रकारिता |
प्रहरी उपरीक्षक, श्री दान बहादुर कार्की |
3 |
संसदीय रिपोर्टिङ, सिद्धान्त र व्यवहार |
श्री शिव गाउँले, भू.पू. अध्यक्ष, पत्रकार महासंघ |
4 |
संसदीय अभ्यास, कानून निर्माणको प्रक्रिया |
हरि बहादुर थापा, प्रधान सम्पादक, अन्नपूर्ण पोष्ट, दैनिक |
Download: कानूनी पत्रकारिता अभिमुखीकरण कार्यक्रम सम्पन्न