मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

प्रोवेशन तथा प्यारोल बोर्ड गठन सम्बन्धमा



मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेश पोखराको आयोजनामा गण्डकी प्रदेश स्तरिय प्रोवेशन तथा प्यारोल बोर्ड गठन सम्बन्धमा सरोकारवाला पक्षहरुसँग छलफल गरी विविध विषयमा निर्णय गरियो ।  मुख्य न्यायाधिवक्ताको अध्यक्षता र कार्यालय प्रमुखको सञ्चालनमा संचालित कार्यक्रममा गण्डकी प्रदेश सभाका सबै दलका सचेतकज्युहरु, नेपाली सेना लगायत चारवटै सुरक्षा निकायका प्रमुखज्युहरु, मुख्यमन्त्रि तथा मन्त्रीपरिषदको कार्यालयका आन्तरिक मामिला र कानून सचिवज्यूहरु, उच्च र जिल्ला सरकारी वकील कार्यालयका प्रमुखज्यूहरु, सहायक प्रमुख जिल्ला अधिकारी र कारागार कार्यालय कास्कीका प्रमुखको उपस्थिति रहेको थियो । 

Download: प्रोवेशन तथा प्यारोल बोर्ड गठन सम्बन्धमा