मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

न्यायिक समितिको क्षमता अभिवृद्धि सम्बन्धी एक दिवशीय तालिम कार्यक्रम सम्पन्‍न।



मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजना र जिल्ला बार एशोसियसन, तनहुँको सह-आयोजनामा न्यायिक समितिको क्षमता अभिवृद्धि सम्बन्धी एक दिवशीय  तालिम कार्यक्रम मिति २०७९/०७/१६ गते दमौली, तनहुँमा सम्पन्‍न भएको छ।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीमान रोहितराज बाँस्तोलाज्यूको अध्यक्षतामा सञ्‍चालित उक्त कार्यक्रमको सञ्‍चालन उप-सचिव श्री गोविन्द गिरीले गर्नुभएको थियो।

उक्त कार्यक्रममा तनहुँका नौ वटा स्थानीय तहका न्यायिक समितिका संयोजक सहितको ३ सदस्यीय समिति र न्यायिक समितिमा रहेर काम गर्ने कर्मचारीहरूको उपस्थिती रहेको थियो। जिल्ला समन्वय समिति, तनहुका प्रमुख श्री शान्तीरमण वागलेज्यूको प्रमुख आतिथ्य, पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश, श्री केशरीराज पण्डितज्यूको विशिष्‍ट आतिथ्यमा सम्पन्‍न भएको कार्यक्रममा तीन वटा कार्यपत्रहरू प्रस्तुत भएको थियो।

 

Download: न्यायिक समितिको क्षमता अभिवृद्धि सम्बन्धी एक दिवशीय तालिम कार्यक्रम सम्पन्‍न।