मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

ना.सु. श्री सुरज अधिकारीको बिदाई कार्यक्रम



यस कार्यालयको स्थापनाकाल देखि कार्यरत ना.सु. श्री सुरज अधिकारीको उच्च सरकारी वकिल कार्यालय, पोखरामा सरुवा भई मिति 2077/04/09 गते बिदाई कार्यक्रम सम्‍पन्‍न भयो। बिदाई कार्यक्रममा आफ्नो मन्तब्य राख्दै मुख्य न्याधिवक्ता डा. राजेन्द्र घिमिरेले यस कार्यालय हालको अवस्था सम्म आइपुग्नमा निज अधिकारीको अतुलनीय योगदान रहेको बिचार व्यक्त गर्दै आगामी दिनमा निजको प्रगतिको कामना गर्नुभएको थियो भने कार्यालयमा रहँदा कार्यालयको तर्फबाट प्राप्‍त सहयोग प्रति निज सुरज अधिकारीले धन्यवाद दिनुभएको थियो। कार्यालय प्रमुख श्री दयाशंकर अधिकारीले सञ्‍चालन गर्नुभएको कार्यक्रममा गण्डकी विश्‍वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ, मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयका कानून सचिव श्री दल बहादुर अधिकारी लगायत कार्यालयका सम्पूर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो। 

Download: ना.सु. श्री सुरज अधिकारीको बिदाई कार्यक्रम