मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

रिट निवेदन यसको अभ्यास र अदालतको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्‍न।



मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा  ‘रिट निवेदन यसको अभ्यास  अदालतको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया  कार्यक्रम मिति २०७९/०९/०२ गते पोखरामा सम्पन्‍न भएको छ।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीमान रोहितराज बाँस्तोलाज्यूको अध्यक्षतामा सञ्‍चालित उक्त कार्यक्रमको सञ्‍चालन शाखा अधिकृत श्री शान्ती देवी शर्मा र स्वागत मन्त्व्य उप-सचिव श्री गोविन्द गिरीले गर्नुभएको थियो।

उक्त कार्यक्रममा उच्च अदालत पोखराका न्यायाधीशज्यूहरू, कास्की जिल्ला अदालतका माननीय न्यायाधीशज्यूहरू र रजिष्‍ट्रारज्यू, श्रेस्तेदारज्यू, सरकारी वकीलज्यूहरू, उच्च अदालत बार एशोसिएसन पोखरा र जिल्ला बार एशोसिएसन कास्कीका कानून व्यवसायीज्यूहरूको उपस्थिती रहेको थियो। गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री कृष्णचन्द्र नेपाली ज्यूको प्रमुख आतिथ्य, सर्वोच्च अदालतका माननीय न्यायाधीश, श्री आनन्द मोहन भट्टराईज्यूको विशेष आतिथ्यमा सम्पन्‍न भएको कार्यक्रममा तीन वटा कार्यपत्रहरू प्रस्तुत भएको थियो।

Download: रिट निवेदन यसको अभ्यास र अदालतको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्‍न।