मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

न्यायिक समितिको क्षमता अभिवृद्धि सम्बन्धी दुई दिवशीय तालिम कार्यक्रम सम्पन्‍न।



मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा न्यायिक समितिको क्षमता अभिवृद्धि सम्बन्धी दुई दिवशीय तालिम कार्यक्रम मिति २०७९/०५/१० र ११ गते पोखरामा सम्पन्‍न भएको छ।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तता श्रीमान रोहितराज बाँस्तोलाज्यूको अध्यक्षतामा सञ्‍चालित उक्त कार्यक्रमको सञ्‍चालन शाखा अधिकृत श्री शान्ती देवी शर्माले गर्नुभएको थियो।

उक्त कार्यक्रममा कास्कीका पाँच वटा स्थानीय तह र तनहुँ जिल्लाका शुक्‍लागण्डकी नगरपालिकिका न्यायिक समितिका संयोजक सहितको ३ सदस्यीय समिति र न्यायिक समितिमा रहेर काम गर्ने कर्मचारी र जिल्ला प्रहरी कार्यालय, कास्कीको प्रतिनिधको उपस्थिती रहेको थियो। उच्च अदालत, पोखराका माननीय (कायम मुकायम) मुख्य न्यायाधीश श्रीमान डिल्लीराज आचार्यज्यूको प्रमुख आतिथ्यमा सम्पन्‍न भएको उक्त कार्यक्रममा कानून, सञ्‍चार तथा प्रदेश सभा मामिला मन्त्री श्री विन्दुकुमार थापाज्यूको विशिष्‍ट आतिथ्य, उच्च अदालत, पोखराका माननीय न्यायधीशहरूको विशेष उपस्थिती साथै उच्च सरकारी वकील कार्यालयका सह-न्यायाधिवक्ता, कास्की जिल्ला अदालतका जिल्ला न्यायधीश, जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता, कानून, सञ्‍चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेशका उप-सचिवज्यू लगायतका उपस्थितीमा सम्पन्‍न भएको थियो।

सात वटा कार्यपत्र प्रस्तुत भएको उक्त कार्यक्रममा उच्च अदालत, जिल्ला अदालतका माननीय न्यायधीशज्यूहरूले कार्यपत्र सहजीकरण गर्नुभएको थियो।

Download: न्यायिक समितिको क्षमता अभिवृद्धि सम्बन्धी दुई दिवशीय तालिम कार्यक्रम सम्पन्‍न।