मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

कानून व्यवसायी दक्षता अभिवृद्धि सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्‍न।



मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजना तथा उच्च अदालत बार एशोसिएसन पोखरा र कास्की जिल्ला अदालत बार एशोशसिएशनको सह-आयोजनामा ''कानून व्यवसायी दक्षता अभिवृद्धि सम्बन्धी'' एक दिवशीय अन्तरक्रिया कार्यक्रम मिति २०७९/०३/१० गते गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीमान रोहित राज बाँस्तोला ज्यूको अध्यक्षता तथा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री श्री कृष्णचन्द्र नेपाली पोखरेलज्यूको प्रमुख आतिथ्यमा पोखरामा सम्पन्‍न भयो। कास्की, स्याङ्जा र तनहुका  कानून व्यवसायीहरू गरी करिब १०० जनाको सहभागीता रहेको उक्त कार्यक्रममा निम्न कार्यपत्रहरू प्रस्तुत भएको थियो।

क्र.सं.

कार्यपत्र

स्रोतव्यक्ति

 

 

अपराध सहिता र  र फौजदारी कार्यबिधी संहिताको कार्यान्वन र चुनौतीहरु

वरिष्ठ अधिवक्ता श्री हरि सुवेदीज्यू

देवानी कार्यबिधि कानूनको सामान्य सिद्दान्तहरू

वरिष्ठ अधिवक्ता श्री यदुनाथ खनालज्यू

रिट निवेदन सम्बन्धी कार्यबिधि निषेधाज्ञा सम्बन्धी निवेदन (उजुरी

वरिष्ठ अधिवक्ता श्री यदुनाथ खनालज्यू

 

बैक ग्यारेन्टी,कानूनी ब्यवस्था र अदातली अभ्यास

अधिवक्ता श्री मेघराज पोखरेलज्यू

 

Download: कानून व्यवसायी दक्षता अभिवृद्धि सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्‍न।