मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

कानून व्यवसायी दक्षता अभिवृद्धि सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम बागलुङमा सम्पन्‍न।



मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजना तथा उच्च अदालत बार एशोसिएसन बागलुङको सह-आयोजनामा ''कानून व्यवसायी दक्षता अभिवृद्धि सम्बन्धी'' एक दिवशीय अन्तरक्रिया कार्यक्रम मिति २०७८/१२/११ गते गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीमान रोहित राज बाँस्तोला ज्यूको अध्यक्षता तथा उच्च अदालत पोखराको माननीय मुख्य न्यायाधीश श्रीमान डिल्लीराज आचार्य ज्यूको प्रमुख आतिथ्यमा बागलुङमा सम्पन्‍न भयो। विभिन्‍न स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीहरू, कानून व्यवसायीहरू र कानूनका विद्यार्थीहरू समेत गरी ९० जनाको सहभागीता रहेको उक्त कार्यक्रममा निम्न कार्यपत्रहरू प्रस्तुत भएको थियो।

क्र.सं.

कार्यपत्र

स्रोतव्यक्ति

 

 

बैंकिङ कसुर, साईबर क्राईम र क्रिप्टो करेन्सी

माननीय मुख्य न्यायाधीश, डिल्लीराज आचार्य,

उच्च अदालत, पोखरा

वातावरण र विकास

अधिवक्ता केशरमणी अर्याल

प्रदेशको विकासमा योजना आयोगको भूमिका

डा. रघुराज काफ्ले

उपाध्यक्ष, प्रदेश नीति तथा योजना आयोग, गण्डकी प्रदेश, पोखरा।

 

Download: कानून व्यवसायी दक्षता अभिवृद्धि सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम बागलुङमा सम्पन्‍न।