मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

स्थानीय तहमा कानून तर्जुमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।



मुख्य न्यायधिवक्ताको संयोजकत्वमा गठित स्थानीय तहमा कानून तर्जुमा सहजीकरण समिति, र गण्डकी प्रदेश र राष्ट्रिय न्यायिक प्रतिष्ठानको संयुक्त आयोजनामा स्थानीय तहका कानून निर्माणमा संलग्न पदाधिकारी तथा कर्मचारीहरुका लागि कानून तर्जुमा सम्बन्धी चार दिवसीय प्रशिक्षण कार्यक्रम मिति २०७६ कार्त्तिक ०५  गते देखि गण्डकी प्रदेश, पोखरामा सुरु भई मिति २०७६ कार्त्तिक ०८ गते सम्पन्न भयो । उक्त कार्यक्रममा गण्डकी प्रदेशका २२ वटा स्थानीय निकायका जनप्रतिनिधि र कर्मचारी गरी ६१ जनाको सहभागीता रहेको थियो । 

Download: स्थानीय तहमा कानून तर्जुमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।