मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

संविधान दिवशको अवसरमा मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।



संविधान दिवश २०७६ को अवसरमा मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश पोखराले उच्च अदालत वार एशोसिएसन पोखरा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति, जिल्ला अदालत वार एशोसिएसन कास्की र नेपाल पत्रकार महासंघ कास्कीसँगको संयुक्त आयोजनामा आयोजित “नेपालको संविधानका चार वर्ष र भावि दिशा” विषयक अन्तरक्रिया कार्यक्रम मिति २०७६ असोज ३ गते पोखरामा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री श्री पृथ्वीसुब्बा गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।उक्त कार्यक्रममा पूर्व प्रधान न्यायाधीश माननीय कल्याण श्रेष्ठ ज्यू र संविधानविद डा. विपिन अधिकारी ज्यूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो र उक्त कार्यपत्र उपर सहभागीहरुबीच छलफल भएको थियो।

Download: संविधान दिवशको अवसरमा मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।